२२ जेठ २०८३, शुक्रबार

मेची-महाकाली उद्धार अभियान भक्तपुरमा, देशभरबाट २३१ जनाको उद्धार

कात्तिक २८, २०८१
भक्तपुर
मेची-महाकाली उद्धार अभियान भक्तपुरमा, देशभरबाट २३१ जनाको उद्धार

विसं २०८२ भित्र नेपाललाई सडक मानवमुक्त घोषणा गर्ने लक्ष्यका साथ मानव सेवा आश्रमले गत असोज २६ गतेबाट शुरू गरेको ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा अभियान–२०८१’ मङ्गलबार भक्तपुर आइपुगेको छ ।

यसवर्षको चाडपर्वमा कसैले बस्न नपरोस् सडकमा भन्ने नाराका साथ शुरू भएको अभियानको टोलीलाई भक्तपुरमा प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालको नेतृत्वको टोलीले स्वागत गरेको छ ।

मानव सेवा आश्रम र आनी छोयिङ डोल्मा फाउण्डेशनको संयुक्त आयोजना शुरू अभियानमा आजसम्म देशभरबाट एक सय ७३ जना पुरुष, ४९ जना महिला र नौ बालबालिकासहित कूल २३१ जनाको उद्धार गरिएको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए ।

संस्था स्थापना भएको १२ वर्षमा पुरुष छ हजार छ सय ३७, महिला चार हजार ८२ गरी १० हजार सात सय २२ जनाको उद्धार गरिएको छ । साथै दुई हजार तीन सय ३६ पुरुष र एक हजार आठ सय ६५ महिला गरी कूल चार हजार दुई सय एक जनाको पारिवारिक पुनःमिलन गराएको उल्लेख गर्दै अध्यक्ष रामजी अधिकारीले आश्रममा हाल एक हजार एक सय २१ पुरुष र सात सय ६९ महिला गरी कूल एक हजार आठ सय ९० जना आश्रित रहेको बताए । आश्रमले २७ जना भारतीय नागरिकलाई उद्धार गरी भारतमै पारिवारिक पुनःमिलन गराउन सफल भएको छ ।

अभियानमा सात प्रदेशमध्येबाट कोशीबाट ४४ जना, मधेसबाट ४० जना, बागमतीबाट ५२ जना, गण्डकीबाट ३५, लुम्बिनीबाट ४९ जना,  कर्णालीबाट तीन जना र सुदूरपश्चिमबाट आठ जनाको उद्धार गरिएको भन्दै उनले भक्तपर र ललितपुरमा अझै उद्धार जारी रहेको बताए ।

अभियानलाई आगामी मङ्सिर २ सम्पन्न गरी ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट अभियानको समापन गरिने बताउँदै उनले देशलाई सडक मानवमुक्त बनाउन जिल्ला र प्रदेश प्रदेशले घोषणा गर्न स्थानीय तह र प्रदेश सरकारले भूमिका निर्वाह गर्न आग्रह गरे ।

राज्यका तीन तहकै सरकारले सहकार्य गर्ने, जिल्ला जिल्लामा हातेमालो गर्ने, सडकमा सडक मानव देखिने वित्तिकै अश्रमलाई खबर गरेर उद्धार गर्ने र सबै निकायबाट सकारात्मक सहयोग प्राप्त हँदा ०८२ मा नेपाललाई सडक मानवमुक्त बनाउन सकिने उनले बताए । 

भक्तपुरका प्रमुख जिल्ला अधिकारी अर्यालले राज्यका सबै निकायले अभिभावकत्व ग्रहण गर्नुपर्ने बताउँदै भक्तपुरलाई सडक मानवमुक्त बनाउन आफ्नो तर्फबाट सम्पूर्ण सहयोग गर्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्