
वैदेशिक रोजगारीमा गएका व्यक्तिले स्वदेश फर्किंदा सुन ल्याउन पाउने व्यवस्था भए पनि राज्यको दोहोरो नीतिका कारण सर्वसाधारण त्रिभुवन
अन्तर्राष्ट्रिय विमानस्थलमै करको बोझ उठाउन बाध्य छन् ।
अर्थ मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको ‘यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तुसम्बन्धी सूचना’ मा विदेशबाट फर्किंदा महिलाले ५० र पुरुषले २५ ग्राम सुन ल्याउन पाउने व्यवस्था गरिए पनि संशोधित कानुनी छिद्रका कारण नागरिकले करको बोझ
बोक्न बाध्य भएका हुन् ।
२०८० जेठ १५ गते राजपत्रमा प्रकाशित सूचनामा रसायन प्रयोग भएकालाई मात्रै गहना करार गरिएपछि वैदेशिक रोजगारीमा गएका नागरिक विमानस्थलमै चर्को करको मारमा परेका हुन् ।
त्यसयता दिनहुँजसो बर्सौंपछि स्वदेश फर्किने युवा विमानस्थलमा अतिरिक्त कर तिरिरहेका भेटिन्छन्, गोरखापत्रमा खबर छ।