
मन्त्रिपरिषद् र सञ्चालक समितिको निर्णयपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मातहतका कार्यालयलाई उद्योगहरूमा लाइन जोड्न निर्देशन दिएका छन् ।
सोही अनुसार मंगलबार राति ६ वटा उद्योगमा लाइन जोडिएको छ भने बाँकी उद्योगमा पनि आज जोडिने प्राधिकरणले जनाएको छ ।
बुधबार लाइन काटिएका सबै उद्योगमा लाइन जोडिने प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बताए ।
महसुल भुक्तानी नगरेपछि प्राधिकरणले गत कार्तिक ८ गते ३४ ठूला उद्योगको लाइन काटेको थियो । सरकारी हस्तक्षेपपछि प्राधिरकरणले महसुल भुक्तानी बिनै लाइन जोड्न थालेको हो ।