११ साउन २०८३, सोमबार

रविलाई प्रहरी घेरामा सरकारी वकिलको कार्यालय पुर्‍याइयो, दोस्रो दिनको बयान शुरू

कात्तिक २८, २०८१
बुटवल
रविलाई प्रहरी घेरामा सरकारी वकिलको कार्यालय पुर्‍याइयो, दोस्रो दिनको बयान शुरू

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको दोस्रो दिनको बयान शुरू भएको छ ।

बुधबार बिहान सवा १० बजेबाट भैरहवास्थित जिल्ला सरकारी वकिल कार्यालयमा लामिछानेको बयान शुरू भएको हो । 

लामिछानेलाई प्रहरीको घेराबाट सरकारी वकिल कार्यालय प्रवेश गराइएको थियो । 

जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल, इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डित, प्रहरीका अनुसन्धान अधिकारीलगायतको उपस्थितिमा रविको बयान शुरू भएको छ ।

मंगलबार बयानपछि कार्यालयबाट बाहिरिने क्रममा ‘खोरमा बाघलाई थुन्दैमा स्याल हुँदैन’ भन्ने प्रक्रिया दिएका थिए । त्यसपछि आज प्रहरीले उनलाई घेरा हालेर सरकारी वकिल कार्यालय प्रवेश गराएको हो । 

सहकारीको रकम अपचलन गरेको आरोपमा अनुसन्धानका लागि कात्तिक २ गते उनी पक्राउ परेका थिए । पोखरा प्रहरीको हिरासतमा रहेका उनलाई मंगलबार रुपन्देही ल्याइएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्