
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ स्थित गङ्गामाला देउती बज्यै मन्दिरका एक महिला पुजारी मृतावस्थामा फेला परेकी छन् ।
मृत फेला पर्नेमा सोही वडा निवासी अन्दाजी ५१ वर्षीया सरस्वती राजी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए । मृतक राजी मन्दिरको मूल ढोकाको भित्रपट्टि रहेको फलामको हत्कडीमा झुन्डिएकोमा अवस्थामा बुधबार बिहान ५ बजे फेला परेको एसपी खड्काले बताए ।
'स्थानीयले सूचना दिएपछि आफैं बिहान ५:३० बजे नै घटनास्थल पुगेको थिएँ, घटनाको प्रकृति हेर्दा त्यस्तो कुनै शङ्कास्पद देखिएको छैन', एसपी खड्काले भने, 'शव जाँच तथा घटनास्थल मुचुल्का गरेर परीक्षणका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको छ । शव परीक्षणपछि केही खुल्छ ।'
पुजारी मृत अवस्थामा भेटिएपछि देउती बज्यै मन्दिर दर्शनको कार्य स्थगित भएको छ ।