०८ साउन २०८३, शुक्रबार

सरकार चुनौतीलाई अवसरमा बदल्न दृढ छ : मन्त्री भण्डारी

कात्तिक २८, २०८१
काठमाडौं
सरकार चुनौतीलाई अवसरमा बदल्न दृढ छ : मन्त्री भण्डारी
फाइल फोटो

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वर्तमान सरकार समाजका व्याप्त चुनौतीलाई अवसरमा बदल्न दृढ सङ्कल्पित रहेको बताएका छन् ।

उनले लगानीमैत्री वातावरण बनाउन र मुलुकको आर्थिक विकासका लागि सरकार निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्नेसमेत बताए ।

रुपन्देही व्यापार सङ्घको रजतजयन्ती मूल समारोहमा मन्त्री भण्डारीले वर्तमान सरकार संविधान संशोधनमार्फत नीतिगत रूपमै सुधारका लागि साझा मुद्दा बनाइएको बताए। 

उनले शासन प्रणाली, संरचनागत क्षेत्रमा रहेका कमजोरीलाई सुधारका लागि फरक आस्था र प्रमुख प्रतिस्पर्धी पार्टीबीच गठबन्धन बनेको बताए ।

सरकारले निजी क्षेत्रमा लगानीमैत्री वातावरण निर्माणका लागि आवश्यक नीति परिवर्तन गर्ने प्रयासमा रहेको बताउँदै मन्त्री भण्डारीले उत्पादनका क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई आह्वान गरे ।

उनले निराशाका विषय मात्रै ल्याएर सबै बिग्रियो भन्ने सन्देशले होइन निराशालाई चिरेर आशा र अपेक्षा जगाउनेगरी सकारात्मक सन्देश दिने काममा लाग्न जरुरी रहेको बताए ।

मन्त्री भण्डारीले सरकारले लगानीको प्राथमिकता जोड दिएको तर लगानीका क्षेत्र र सम्भावना प्रशस्त हुँदाहुँदै पनि हुँदाहुँदै पनि बैंकमा पुँजी थुप्रिएर रहेकोमा चिन्ता व्यक्त गरे । 

पुँजीलाई उत्पादनको क्षेत्रमा लगानी गर्न र स्वदेशी उत्पादनमा जोड दिनुपर्ने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्