२२ जेठ २०८३, शुक्रबार

गौचन हत्याको एक महिनामा पनि किन पक्राउ परेनन् अपराधी   ? प्रहरी बोल्दै बोल्दैन

कात्तिक २४, २०७४
गौचन हत्याको एक महिनामा पनि किन पक्राउ परेनन् अपराधी   ? प्रहरी बोल्दै बोल्दैन

काठमाडौँ, २४ कात्तिक- निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भएको बिहीबार एक महिना पुगेको छ । तर, केही दिनभित्रै अपराधी पक्राउ गर्ने दाबी गरेको प्रहरीले अझै पनि हत्यारा पत्ता लगाउन सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

अहिले मृतकका आफन्त तथा निर्माण व्यवसायीहरू हत्यारा पत्ता लाग्न नसकेको भन्दै आक्रोशित छन् । महिना बितिसक्दासमेत प्रहरी अनुसन्धानबाट कुनै उपलब्धि हासिल हुन नसकेको उनीहरूको आरोप छ, नयाँ पत्रिकामा खबर छ  ।

२३ असोजमा घरबाट कार्यालय जाने क्रममा बानेश्वर, शान्तिनगरमा गाडीभित्र रहेका गौचनमाथि गोली प्रहार भएको थियो । अस्पताल लैजाने क्रममा उनको मृत्यु भयो ।

१ महिनामा प्रहरीले के गर्‍यो ?
घटनाको भोलिपल्टै प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी कार्यालयका डिआइजी केसीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिमा विशेष ब्युरो, सिआइबी, अपराध महाशाखाका तथा महानगरीय प्रहरी कार्यालयका प्रहरी अधिकृतहरू छन् ।

अनुसन्धान सुरु भएको एक साताभित्र प्रहरीले घटनामा प्रयोग भएका दुईवटा मोटरसाइकल बरामद गरेको थियो । बरामद गरिएको एउटा पल्सर र एउटा साइन ब्रान्डको मोटरसाइकलमध्ये एउटा मोटसाइकल चोरीको थियो । अर्काे मोटरसाइकल एक वर्कसपको नाममा दर्ता भएको प्रहरीले जानकारी दिएको छ ।

मोटरसाइकल भेटिए पनि आक्रमणकारीहरू अझै भेटिएका छैनन् । प्रहरीले समीरमानसिंह बस्नेत र मनोज पुनको समूहमाथि अनुसन्धान गरे पनि कसैलाई पक्राउ गर्न सकेको छैन । छानबिन समितिका संयोजक डिआइजी गणेश केसी आक्रमणकारीहरू पक्राउ नपरेसम्म केही बोल्न नसक्ने बताए ।

अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरूबीच राम्रो तालमेल नहुँदा गोली हान्नेहरूलाई पक्राउ गर्न ढिला भएको प्रहरी स्रोत बताउँछ । चैतमा काभ्रेका दावा लामालाई गोली हान्ने समूहसँग गौचन हत्याको सम्बन्ध भेटिएको स्रोतको दाबी छ ।
 

salt training

कमेन्ट गर्नुहोस्