
काठमाडौंको गोकर्णेश्वरमा एकै परिवारका ३ जना मृत अवस्थामा भेटिएका छन् ।
गोकर्णेश्वर नगरपालिका– ३, गाम्छामा बस्ने ३३ वर्षीया सीता मोक्तान, उनकी छोरी अंशु मोक्तान र दुई महिने बालक बिहीबार साँझ मृत भेटिएका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरेले लोकान्तरलाई जानकारी दिए ।
उनका श्रीमान् कान्छा नगरकोटीले श्रीमती र छोराछोरी हराएको भन्दै प्रहरीलाई खबर गरेका थिए । पछि जाँच गर्दा बन्द कोठाभित्र शव भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरी वृत्त बौद्ध, जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली अहिले घटनास्थलमा पुगेको छ ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।