२३ असार २०८३, मंगलबार
गोकर्णेश्वर घटना फलोअप

छोराछोरीसहित आमाको पनि निसास्सिएर मृत्यु भएको आशंका

कात्तिक २९, २०८१
काठमाडौं
छोराछोरीसहित आमाको पनि निसास्सिएर मृत्यु भएको आशंका

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३, गाम्छामा एकै परिवारका तीन जनाको शव सडेगलेको अवस्थामा फेला परेको छ । प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार प्रारम्भिक जाँचबुझ गर्दा उनीहरूको निसास्सिएर मृत्यु भएको अनुमान छ । 

घटनास्थलमा त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरूले स्थालगत जाँच गरेका थिए । प्रहरीका अनुसार कोठाको बीच भागतिर माकल बालेर आगो तापेको देखिएको र नजिकै तेलको बट्टा पनि भेटिएको छ । 

दुई महिनाको बच्चालाई तेल घस्न माकल बालेको र उनीहरू निन्द्रामा निसास्सिएर मृत्यु भएको हुनुक्ने प्रहरीले अनुमान गरेको छ । अनुसन्धान कार्यालयका एक उच्च अधिकृतले लोकान्तरसँग भने,‘सानो काखे बच्चालाई तेल लगाइदिने क्रममा माकलमा आगो बालेको र कोठमा भेन्टिलेटर समेत नभएकाले निसास्सिएर मृत्यु भएको हो कि भन्ने आशंका छ ।’ उनले शवको पोष्टमार्टम भएपछि मात्रै थप नयाँ तथ्य आउने जानकारी दिए ।

कान्छा नगरकोटीले श्रीमती र दुई छोराछोरी हराएको भन्दै प्रहरीलाई खबर गरेपछि प्रहरी वृत्त, बौद्ध र जिल्ला प्रहरी परिसर, काठमाडौंले खोजी गर्दा बिहीबार उनीहरू मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, एसपी नवराज अधिकारीले जानकारी दिए । 

घरको बन्द कोठाभित्र ३३ वर्षीया सीता मोक्तान, उनकी छोरी अंशु मोक्तान र दुई महिनाका छोराको शव भेटिएको थियो । प्रहरीले सोधपुछ गर्दा कान्छाले घर बाहिर ताला लगाएकाले आफू बाहिरै बसेको र श्रीमतीलाई सम्पर्क गर्दा फोन नउठाएपछि खोजीका लागि प्रहरीमा निवेदन दिएको बताएका छन् । 

उनले शुरूमा श्रीमती आफन्तको घरमा गएको ठानेका थिए । तर, आफन्तकोमा पनि नभएको र फोन पनि नउठेपछि उनले खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए । 

कान्छा कात्तिक १६ गतेदेखि घर बाहिरै बसेका थिए । प्रहरीले कान्छासँग थप सोधपुछ गरिरहेको जानकारी एसपी अधिकारीले दिए । 

salt training

कमेन्ट गर्नुहोस्