२८ असार २०८३, आइतबार

प्रमुख दलहरूमा पुरानै र केन्द्रीकृत सोच हाबी छ : सीके राउत

कात्तिक ३०, २०८१
झापा
प्रमुख दलहरूमा पुरानै र केन्द्रीकृत सोच हाबी छ : सीके राउत
फाइल फोटो

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राजनीतिक शक्तिहरू केन्द्रीकृत मानसिकताबाट बाहिर आउनुपर्ने बताएका छन् । उनले प्रमुख दलहरूमा अहिले पनि पुरानै र केन्द्रीकृत सोच हाबी रहेको आरोप लगाए ।

यही मङ्सिर १६ गते हुने उपनिर्वाचनमा झापाको कनकाई नगरपालिका–६ मा जनमत पार्टीका तर्फबाट उम्मेदवार घोषणा गर्न आज कनकाईको चम्पापुरमा आयोजित सभामा मुलुकमा पटक-पटक क्रान्तिमार्फत सत्ता फेरिए पनि मानसिकता फेरिन नसकेको बताए ।

अध्यक्ष डा. राउतले उत्पीडित समुदाय र आमनागरिकले अनुभूत गर्ने गरी काम गर्न जरुरी रहेकामा जोड दिए ।

सो पार्टीका तर्फबाट कनकाई नगरपालिका–६ मा शुकलाल राजवंशीलाई उम्मेदवार घोषणा गरिएको छ । झापामा जनमत पार्टीले स्थानीय तहको निर्वाचनमा पहिलोपल्ट भाग लिएको हो ।

निर्वाचन कार्यालय झापाका अनुसार कनकाई–६ मा दुई हजार ५८ मतदाता रहेका छन् ।

विक्रम संवत् २०७९ को स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट निर्वाचित वडाध्यक्ष दीर्घबहादुर थापाको निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो ।

salt training

कमेन्ट गर्नुहोस्