३० जेठ २०८३, शनिबार

धनुषामा १३ जोडीको दाइजोरहित सामूहिक विवाह

मंसिर १, २०८१
काठमाडौं
धनुषामा १३ जोडीको दाइजोरहित सामूहिक विवाह

मधेश प्रदेशमा १३ जोडीको दाइजोरहित सामूहिक विवाह गराइएको छ । 

समाजलाई दाइजोमुक्त बनाउने अभियानअन्तर्गत धनुषाको मिथिला नगरपालिका- २ बेलाचापीस्थित सतलोक आश्रममा शुक्रबार १३ जोडीको दाइजोरहित विवाह गरिएको हो । 

५११ औं दिव्य धर्म यज्ञ दिवसका अवसरमा सन्त रामपालजी महाराजका अनुयायीहरूद्वारा कार्तिक २९ देखि मंसिर १ गतेसम्म आयोजित तीन दिवसीय अखण्ड पाठ तथा विशाल भन्डारा कार्यक्रमको उनीहरूको सामूहिक विवाह गरिएको हो । 

विवाहमा कुनै प्रकारको सरसामान तथा नगद लेनदेन र कुनै पक्षको एक रुपैयाँ पनि खर्च भएको बताइएको छ । 

सबै आगन्तुकहरूलाई खाने/बस्ने व्यवस्था आश्रमले नै गरेको थियो । विवाहमा कुनै किसिमको मांसाहार तथा नशालु पदार्थ सेवन गर्न पूर्ण रूपमा निषेधित हुन्छ । 

तेस्रो दिन भोग आरती र सत्संगगरी कार्यक्रम सम्पन्न हुने आयोजकले जनाएका छन् । कार्यक्रमको पहिलो र दोस्रो दिनगरी करीब ४ लाख जति श्रद्धालुहरूको उपस्थित रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्