
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र प्रधानसेनापति अशोकराज सिग्देलले प्राड विवाक जर्नल २०८१ को संयुक्त रूपमा विमोचन गरेका छन् ।
नेपाली सेनाको प्राड विवाक स्थापनाको ६२औं वार्षिकोत्सवको अवसरमा शुक्रबार जङ्गी अड्डामा आयोजित कार्यक्रममा उनीहरूले जर्नल विमोचन गरेका हुन्।

कार्यक्रममा सैनिक न्याय प्रणालीको विकासमा योगदान दिने सैनिक विशेष अदालतका पूर्वसदस्य तथा पूर्वरक्षा सचिव किरणराज शर्मा र सेना प्राड विवाकका पूर्वप्रमुख प्राड उपरथी रत्न प्रकाश थापालाई सम्मान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
कार्यक्रममा न्यायाधीशहरू, नेपाल सरकारका सचिवहरू, नेपाली सेनाका रथीवृन्द एवं अधिकृतको उपस्थिति थियो ।

