२५ जेठ २०८३, सोमबार

विशेष उद्योगहरूमा सबैभन्दा बढी कर तिर्ने वरुण विभरेजलाई सम्मान

मंसिर १, २०८१
काठमाडौं
विशेष उद्योगहरूमा सबैभन्दा बढी कर तिर्ने वरुण विभरेजलाई सम्मान

वरुण विभरेज नेपाल सबैभन्दा बढी कर तिर्ने विशेष उद्योगको रूपमा सम्मानित भएको छ । 

शनिबार आन्तरिक राजस्व विभागले विशेष उद्योगहरूमध्ये सबैभन्दा बढी कर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्‍याएको भन्दै वरुण विभरेजलाई सम्मान गरेको हो । 

राष्ट्रिय कर दिवस २०८१ को अवसरमा वरुण विभरेज नेपालका फाइनान्स डाइरेक्टर सञ्जीव अरोरालाई उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सम्मानपत्र प्रदान गरेका हुन् । 

null

सरकारले मूल्य अभिवृद्धि कर ऐन २०५२ लागू भएको दिन २०५४ मंसिर १ को आधारमा २०६९ सालदेखि हरेक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउँदै आएको छ।

कर दिवसका अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने कार्यालयहरूलाई पनि सरकारले बर्सेनि सम्मान गर्दै आएको छ ।

सन् १९९५ मा स्थापना भएको वरुण विभरेज (नेपाल) प्रालि अमेरिकन बहुराष्ट्रिय कम्पनी पेप्सीको बोटलर कम्पनी हो ।

salt training

कमेन्ट गर्नुहोस्