२१ असार २०८३, आइतबार

भक्तपुरमा ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु, ५ घाइते

मंसिर १, २०८१
काठमाडौं
भक्तपुरमा ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु, ५ घाइते

भक्तपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

चाँगुनारायणबाट भक्तपुरको डेकोचातर्फ आउँदै गरेको ना २ त ९३४० नम्बरको ट्याक्टर अनियन्त्रित भएर सडकबाट तल पल्टिएर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका चाँगुनारायण नगरपालिका–५ निवासी ४५ वर्षीय हरिगोविन्द सुवालको उपचारको क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

दुर्घटनामा ट्याक्टरमा सवार चाँगुनारायण–५ निवासी ३५ वर्षीया राधिका अवाल, ६० वर्षीय गोपाल कोजु, ४४ वर्षीय राधेश्याम सितिखु र ७४ वर्षीय पूर्णकेसी शिल्पकारको भक्तपुर अस्पतालमा सामान्य उपचार गरी घर फर्किएका उनले जानकारी दिए । 

दुर्घटनामा घाइते भएका चालक भक्तपुर नगरपालिका–२ ब्यासी बस्ने ४८ वर्षीय गणेश सुवालको भने भक्तपुर अस्पतालमा उपचार भइरहेको छ । 

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्