२६ जेठ २०८३, मंगलबार

रुकुम पश्चिममा बस दुर्घटना : ९ जना घाइते

मंसिर १, २०८१
रुकुम पश्चिम
रुकुम पश्चिममा बस दुर्घटना : ९ जना घाइते

काठमाडौंबाट राडीका लागि छुटेको बस रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–११ रिठामा दुर्घटना हुँदा नौ जना घाइते भएका छन् ।

प्रदेश ३–०१ ००५ ख ९९६६ नम्बरको बस आज भेरी करिडोरअन्तर्गत रिठा नजिकै दुर्घटनामा परेको हो ।

दुर्घटनामा धादिङ खाग्री गाउँपालिका–१ का ३१ वर्षीय चालक खड्कबहादुर तामाङ, सोही गाउँपालिका–६ का २८ वर्षीय भीमबहादुर भुलन, रुकुम पश्चिमको आठबिसकोट–९ का ३१ वर्षीय प्रकाश गौतम, दोलखा भीमेश्वर नगरपालिका–७ का २६ वर्षीय प्रकाश मगराठी घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी, प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए ।

अन्य घाइतेमा आठबीसकोट–११ का १७ वर्षीय गणेश रसाइली, जाजरकोट नलगाड नगरपालिका–८ का ४५ वर्षिया भीमकुमारी चँदारा, उनका १० वर्षीय छोरा मानबहादुर चँदारा, मोरङ खेरुवा नगरपालिका–५ का २८ वर्षीय आकाश काफ्ले र जाजरकोट नलगाड–१२ की २५ वर्षीया किसङकुमारी विक रहेका छन् । 

घाइतेहरूको नगर अस्पताल राडीमा उपचार भइरहेको प्रहरी निरीक्षक पाठकले जानकारी दिए ।

बस अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्