०३ साउन २०८३, आइतबार

अफगानिस्तानमा बस दुर्घटना, ८ जनाको मृत्यु

मंसिर १, २०८१
काठमाडौं
अफगानिस्तानमा बस दुर्घटना, ८ जनाको मृत्यु

उत्तरी अफगानिस्तानको बदख्सान प्रान्तको कोक्चा नदीमा यात्रुवहाक गाडी खस्दा ८ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा महिला तथा बालबालिकासहित ८ जना रहेका स्थानीय अधिकारीले शनिबार बताएका छन् ।

उक्त गाडी शुक्रबार राति प्रान्तीय राजधानी फैजाबाद शहरतर्फ गइरहेको बेला दुर्घटना ग्रस्त भएको प्रान्तीय सूचना तथा संस्कृति निर्देशक जबिहुल्लाह अमिरीले बताए ।​​

अमिरीका अनुसार स्थानीय तथा उद्धारकर्ताहरू घटनास्थलमा पुगेर शवहरू निकालेका थिए ।

मृतकमध्ये एक जना ड्राइभर र अन्य तीन महिला तथा चार बालबालिकालगायतका मानिसहरू रहेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्