
उत्तरी अफगानिस्तानको बदख्सान प्रान्तको कोक्चा नदीमा यात्रुवहाक गाडी खस्दा ८ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा महिला तथा बालबालिकासहित ८ जना रहेका स्थानीय अधिकारीले शनिबार बताएका छन् ।
उक्त गाडी शुक्रबार राति प्रान्तीय राजधानी फैजाबाद शहरतर्फ गइरहेको बेला दुर्घटना ग्रस्त भएको प्रान्तीय सूचना तथा संस्कृति निर्देशक जबिहुल्लाह अमिरीले बताए ।
अमिरीका अनुसार स्थानीय तथा उद्धारकर्ताहरू घटनास्थलमा पुगेर शवहरू निकालेका थिए ।
मृतकमध्ये एक जना ड्राइभर र अन्य तीन महिला तथा चार बालबालिकालगायतका मानिसहरू रहेको उनले बताए ।