२९ जेठ २०८३, शुक्रबार

पार्टीभित्रको फोहोर सफा गर्ने बेला भयो : गगन थापा

मंसिर १, २०८१
सिन्धुपाल्चोक
पार्टीभित्रको फोहोर सफा गर्ने बेला भयो : गगन थापा
फाइल तस्वीर

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र थुप्रिएको फोहोर सफा गर्ने बेला भएको बताएका छन् ।

जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको कार्यालय बीपी अध्ययन केन्द्र भवनको उद्‌घाटन तथा नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइराला र सिन्धुपाल्चोकका पूर्वसभापतिद्वय स्व. रोहिणीराज सिग्देल र स्व विकास लामाको सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् ।

थापाले सबै नेता तथा कार्यकर्ताहरूलाई आपसी गुटबन्दीमा समय खर्च नगरी पार्टी सुदृढीकरणमा जुट्न आग्रहसमेत गरे । 

उनले हरेक गाउँ टोलसम्मै पार्टीभित्र चरम गुटबन्दी रहेको बताउँदै गुटबन्दी अन्त्य नभए कांग्रेस खुम्चिँदै जाने निश्चित रहेको बताए ।

महामन्त्री थापाले राज्यले कृषि क्षेत्रमा लगानी बढाउने गरी नीति अघि सार्नुपर्नेमा जोड दिए। 

उनले वैदेशिक रोजगारीले जीविकोपार्जन मात्रै भइरहेको बताउँदै कृषि क्षेत्रको विकास नभई देश समृद्ध नबन्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्