०८ साउन २०८३, शुक्रबार

सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन : सञ्चारमन्त्री गुरुङ

मंसिर १, २०८१
लमजुङ
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन : सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सहकारी गठीको अनुसन्धान कहिँकतैबाट पनि प्रभावित नहुने बताएका छन् ।

लमजुङको गहतेमा निर्माण गरिएको गहते कालिका मन्दिरको शनिबार उद्घाटन गर्दै मन्त्री गुरुङले संसदीय छानबिन समितिले नेपालको समस्याग्रस्त सहकारीहरूको अध्ययन गरी प्रतिवेदन तयार पारेको बताए । 

'सबै दलका प्रतिनिधि सम्मिलित छानबिन समितिले तयार गरेको प्रतिवेदनका आधारमा नै अनुसन्धान भइरहेको छ', मन्त्री गुरुङले भने । 

धेरै व्यक्तिमाथि प्रतिवेदनका आधारमा अनुसन्धान भइरहेको मन्त्री गुरुङले बताए । सरकार अहिले कुनै पार्टीको नेतालाई समात्ने र फसाउने पक्षमा नरहेको उल्लेख गर्दै मन्त्री गुरुङले सही गलत छुट्याउने जिम्मा न्यायालयको भएको उल्लेख गरे ।

सरकारको कामलाई अतिरञ्जित गरेर सरकारलाई गाली गर्नु जायज नभएको उनको भनाइ छ । 

'प्रतिवेदनमा कांग्रेस, एमालेलगायत अन्य राजनीतिक दलका व्यक्तिको नाम आएको छ भने पनि उनीहरूमाथि पनि अनुसन्धान हुन्छ', मन्त्री गुरुङले भने, 'केही दिनअघि मात्र कांग्रेस उपसभापति धनराज गुरुङसँग सोधखोज गरिएको छ ।'

देशमा भ्रष्टाचार मौलायो भन्नेहरू नै भ्रष्टाचार हो कि होइन भनेर छानबिन गर्दैगर्दा अनुसन्धान प्रभावित पार्नेगरी नाराजुलस लगाइरहेका मन्त्री गुरुङले टिप्पणी गरे । 

salt training

कमेन्ट गर्नुहोस्