०५ साउन २०८३, मंगलबार

धनुषा–३ मा निधि र महतोको भिडन्त, गणित कसको पक्षमा ?

कात्तिक २४, २०७४
धनुषा–३ मा निधि र महतोको भिडन्त, गणित कसको पक्षमा ?

धनुषा, २४ कात्तिक–दोस्रो चरणअन्तर्गत अगामी मंसिर २१ गते हुने निर्वाचन अन्तर्गत धनुषा निर्वाचन क्षेत्र नं ३ मा यतिबेला सबैको ध्यान केन्द्रित भएको छ । यस क्षेत्रका प्रभावशाली नेता नेपाली काँग्रेसका विमलेन्द्र निधि र राजपाका राजेन्द्र महतोले उम्मेदवारी दिएसँगै कसले बाजी मार्ने भनेर चौतर्फी चर्चाको विषय बनेको छ ।
 
निर्वाचनका सन्मुख मतदातालाई फकाउन काँग्रेसका नेता निधि र राजपाका नेता राजेन्द्र महतो दिनरात खटिका छन् । बिहान उठेदेखि अबेर रातिसम्म दुवै नेताको प्रचारप्रसारका कार्यक्रम चलिरहेको छ । 

दुवै नेताले जित आफ्नो पक्षमा पार्न आफ्नो क्षेत्र बाहेक अन्य कुनै क्षेत्रमा जानसकेका छैनन् । महतो प्रतिस्पर्धी नहुँदा निधिलाई त्यति गाह्रो थिएन तर उहाँको उम्मेदवारीले कडा प्रतिस्पर्धा हुने आँकलन सबैले गरिरहेका छन् । 

धनुषा ३ मा मुस्लिम मतदाताको पनि महत्वपूर्ण भूमिका हुने भएकाले त्यो मत तान्न पनि दुवै नेताको जोडतोड छ ।  यसअघिका चुनावमा धनुषा ३ बाट विमलेन्द्र निधिले लगातार दुई पटक र एक पटक धनुषा ४ बाट जित्नुभएको थियो । पछि ४ बाट कृष्णप्रताप मल्लसँग पराजित भएपछि उहाँले क्षेत्र परिवर्तन गरेका हुन् । 

पछिल्लो पटक निर्माण  भएका सडकमा निधिको योगदान रहेको कांग्रेस समर्थित कार्यकर्ताले उनलाई विकासवादी नेताको रुपमा प्रचार गरे पनि परिस्थिति भने सहज छैन । पहिलो संविधानसभाको चुनावमा एमाले नेता हरिदेव मण्डलसँग करिब दुई हजारको मतान्तरले विजय भएका निधि २०७० सालको दोस्रो संविधानसभा चुनावमा एमालेकी जुली महासेठसंग १ हजार ४९३ मत अन्तरले विजयी भएका थिए । 

यसपालीको चुनावमा वामपन्थी गठबन्धनले कमजोर उम्मेदवारलाई उठाएको छ । रामसिंह यादव सो क्षेत्रका लागि नयाँ अनुहार मात्रै होइनन्् जनताको प्रत्यक्ष राजनीतिमा समेत नौलो अनुहार बनेका छन् । स्रोतका अनुसार एमाले नेता रघुवीर महासेठ र राजेन्द्र महतोबीच गठबन्धन भएको र महासेठले नेता महतोलाई सहयोग गर्ने आन्तरिक तयारी भइरहेको चर्चामा आएको छ । 

सर्लाही छोडडेर धनुषा आएका महतोलाई जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहको अलोकप्रियताले पनि समस्या पारेको चर्चा सुनिन्छ । 

स्थानीयतहको चुनावमा धनुषा निर्वाचन क्षेत्र नं ३ मा पाँच लाख ८८ हजार ८७२ मतमध्ये ३ को ‘क’ मा ३३ हजार ६६१, ३ को ‘ख’ मा २५ हजार ३११ मत खसेको थियो । उपमहानर प्रमुख र गाउँपालिका अध्यक्षमा राजपालाई ‘क’ मा ४३ सय ८० र ख मा ८७ सय ९२ गरी १३ हजार १७२ मत प्राप्त भएको थियो भने नेपाली काँग्रेसलाई ‘क’ मा १० हजार ९२८, ‘ख’ मा सात हजार तीन सय ८ मत गरी १८ हजार १३१ मत आएको थियो । 

यसैगरी एमालेको ‘क’ मा नौ हजार ९५९, ‘ख’ मा दुई हजार ६८४ गरी १२ हजार ६४३, संघीय समाजवादी फोरमको ‘क’ मा तीन हजार ११०, ‘ख’ मा ९९८ गरी चार हजार १०८, माओवादी केन्द्रलाई ‘क’ मा एक हजार ६६१, ख मा ७८१ गरी दुई हजार ४४२ मत प्राप्त भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्