
नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा पहिलो पार्टी बन्ने प्रक्षेपण गरेको छ । उसले १०० भन्दा बढी स्थानमा जित्न सकिने सम्भावना रहेको जनाएको छ । कांग्रेस केन्द्रीय कार्यलयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रत्यक्ष तर्फ कम्तिमा एक सय निर्वाचन क्षेत्र कांग्रेसले जित्ने बताए ।
‘६० भन्दा बढी निर्वाचन क्षेत्र नेपाली कांग्रेसले स्वभाविक रुपमा जित्छ, मिहेनत गर्न सकियो भने अरु ५० जति थप गर्न सकिन्छ’ पौडेलले भने । तर कांग्रेसका एक नेताले भने नेपाली कांग्रेसले ७२ सिट जित्ने दाबी गरे ।
आन्तरिक सर्वेक्षण रिपोर्टका अनुसार नेपाली कांग्रेसले देशभरका एक सय ६५ निर्वाचन क्षेत्र मध्ये ९३ वटा निर्वाचन क्षेत्रमा चुनाव हार्ने प्रक्षेपण गरेको छ । कांग्रेसले काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमा ५ वटा मात्रै आफूले जित्ने प्रक्षेपण गरेको छ । कांग्रेसले काठमाडौं २, ५, ६, ७ र ९ नम्बर क्षेत्रमा चुनाव हार्ने प्रक्षेपण गरेको छ ।
३ वटा निर्वाचन क्षेत्र रहेको ललितपुरको क्षेत्र नम्बर दुई आफ्नो पक्षमा नआउने आकलन नेपाली कांग्रेसल गरेको छ । भक्तपुर एकबाट नेपाली कांग्रेसले सीटको अपेक्षा गरेको छैन । कांग्रेसले संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, सिन्धुपाल्चोकको एउटा, नुवाकोट, लमजुङ र मनाङमा आफूले जित्ने प्रक्षेपण कांग्रेसको छ । गोरखा २ मा बाबुरामलाई कांग्रेसले समर्थन गरेको छ । उसले गोरखा एकमा जित्ने प्रक्षेपण गरेको छ ।
बाग्लुङ २,उदयपुर २ ,झापा २, ४ र ५ पनि चुनाव हार्ने कांग्रेसले ठानेको छ । मोरङ १ र ३ को चुनाव पनि कांग्रेसले हार्ने रिपोर्टिङ कांग्रेसमा भएको छ । सुनसरी १ र २, सप्तरी १, २ र ३, सिराह २ र ३, धनुषा १ मा पनि चुनाव आफ्नो पक्षमा नहुने रिपोर्ट कांग्रेसमा छ ।
महोत्तरी १ र ३, सर्लाही २ र ३ पनि कांग्रेसले चुनाव हार्ने क्षेत्रको रुपमा लिएको छ । बारा २ र ४, पर्सा एकमा पनि चुनाव हारिने कांग्रेसले ठानेको छ ।
रौतहट ३, काभ्रेको दुई पनि चुनाव हार्ने क्षेत्रको रुपमा कांग्रेसले ठानको छ ।नवलपरासी पूर्व २ र नवलपरासी पश्चिम १,गुल्मी २ ,रुपन्देहीको २, ३ र ४, दाङ २, बाँके १ र २, कैलाली १ र ४, कञ्चनपुर, डोटी २ मा आफ्नो जित निश्चित नभएको कांग्रेसको आन्तरिक रिपोर्टमा उल्लेख छ । तर केही निर्वाचन क्षेत्रमा मिहेनत गर्न सकिएको खण्डमा चुनावी नतिजा आफ्नो पक्षमा पार्न सकिने कांग्रेसी आकलन छ ।