०९ असार २०८३, मंगलबार

आचारसंहिता पालना नगर्ने पत्रकारलाई कारबाही

कात्तिक २४, २०७४
आचारसंहिता पालना नगर्ने पत्रकारलाई कारबाही

भक्तपुर, २४ कात्तिक - मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको समाचार सम्प्रेषण गर्दा आचारसंहिता उल्लंघन गर्ने पत्रकारलाई कारबाही गरिने भएको छ । 

आज भक्तपुरमा प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलको संयोजकत्वमा मुख्य निर्वाचन तथा निर्वाचन अधिकृतले आयोजना गरेको पत्रकार सम्मेलनमा निर्वाचनमा पालना गर्नुपर्ने पत्रकार आचारसंहिताबारे जानकारी दिँदै आचारसंहिता उल्लंघन हुने कुनै पनि समाचार सम्प्रेषण नगर्न आग्रह गर्नुभयो । 

समाचार आधिकारिक स्रोतबाट लिएर मात्रै सम्प्रेषण गर्न आग्रह गर्दै उहाँले पत्रकारका लागि आवश्यक व्यवस्था गरिने बताउनुभयो । 

कार्यक्रममा मुख्य निर्वाचन अधिकृत भोजराज शर्माले विगतका चुनावमा हतारमा समाचार सम्प्रेषण गर्दा गलत तथ्याङक बाहिरिँदा मतगणना रोकिएकाले आचारसंहिताभित्र रहेर समाचार दिन आग्रह गर्नुभयो । 

salt training

कमेन्ट गर्नुहोस्