
आज (बिहीबार) मन्त्रिपरिषद् बैठक बस्दैछ ।
बैठक अपराह्न ४ बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए ।
आज बस्ने बैठक नियमित भएको उनले बताए ।
बैठकमा प्रधानमन्त्रीको चीन भ्रमण गर्दा उठाइने एजेण्डाको विषयमा पनि छलफल हुने बताइएको छ ।
यसअघि मंगलबार साँझ बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको थियो ।