२२ जेठ २०८३, शुक्रबार

बढी खर्च गरे उम्मेदवारी खारेज

कात्तिक २५, २०७४
बढी खर्च गरे उम्मेदवारी खारेज

काठमाडौँ, २५ कात्तिक  - कुनै उम्मेदवारले तोकिएको सीमाभन्दा बढी खर्च गरेको पाइएमा त्यस्ता उम्मेदवारको उम्मेदवारी नै खारेज गर्ने चेतावनी दिइएको छ । दलहरूले निर्वाचनमा विजयी हुन पार्टीको घोषणापत्रभन्दा पनि आर्थिक चलखेल बढी गर्न थालेको जानकारी आएको भन्दै निर्वाचन आयोगले अस्वाभाविक खर्चको अनुगमन गर्न सम्बद्ध सरकारी निकायहरूसँग आग्रहसहित यस्तो चेतावनी दिएको हो । 

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मङ्सिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारमा राजनीतिक दल र उम्मेदवारबाट भइरहेको अस्वाभाविक खर्चको अनुगमन गर्न सम्बद्ध सरकारी निकायहरूसँग आग्रह दिए, गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्