
न्याय परिषद्ले भक्तपुरमा बाल अदालत गठन गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा आज (बिहीबार) बसेको न्याय परिषद् बैठकले काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेका बाल इजलाशबाट हेरिने मुद्दा हेर्नेगरी बाल अदालत गठन गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
यसअघि सर्वोच्च अदालतले गत वर्षको असोजमै २०८१ असारभित्र बाल अदालत गठनको व्यवस्था मिलाउन सरकारका नाममा परमादेश जारी गरेको थियो ।
सर्वोच्चले २०६२ मंसिरमै बाल अदालत गठन गर्न परमादेश जारी गरेको थियो । त्यो कार्यान्वयन नभएपछि फेरि अर्को परमादेश जारी गरेको थियो ।
बैठकले उच्च अदालतका केही न्यायाधीश र जिल्ला अदालतका न्यायाधीशहरूको काज सरुवा तथा सरुवा गरेको छ ।
यस्ता छन् न्याय परिषद् बैठकका निर्णय