१२ असार २०८३, शुक्रबार

भक्तपुरमा बाल अदालत गठन गर्न न्याय परिषद्को सिफारिस

मंसिर ६, २०८१
काठमाडौं
भक्तपुरमा बाल अदालत गठन गर्न न्याय परिषद्को सिफारिस

न्याय परिषद्ले भक्तपुरमा बाल अदालत गठन गर्न सिफारिस गर्ने निर्णय गरेको छ । 

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा आज (बिहीबार) बसेको न्याय परिषद् बैठकले काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेका बाल इजलाशबाट हेरिने मुद्दा हेर्नेगरी बाल अदालत गठन गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

यसअघि सर्वोच्च अदालतले गत वर्षको असोजमै २०८१ असारभित्र बाल अदालत गठनको व्यवस्था मिलाउन सरकारका नाममा परमादेश जारी गरेको थियो ।

सर्वोच्चले २०६२ मंसिरमै बाल अदालत गठन गर्न परमादेश जारी गरेको थियो । त्यो कार्यान्वयन नभएपछि फेरि अर्को परमादेश जारी गरेको थियो ।

बैठकले उच्च अदालतका केही न्यायाधीश र जिल्ला अदालतका न्यायाधीशहरूको काज सरुवा तथा सरुवा गरेको छ ।

यस्ता छन् न्याय परिषद् बैठकका  निर्णय

 

salt training

कमेन्ट गर्नुहोस्