![पहिरोमा ज्यान गुमाएका बालकहरूका आफन्तद्वारा एन्फामा धर्ना [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Protest_Anfa_Complex_7_UHMvxLgaeM.jpg)
मकवानपुरको सिस्नेरीको पहिरोमा ज्यान गुमाएका एन्फा एकेडेमीका बालकहरूको परिवार तथा आफन्तजनले बिहीबार एन्फा कम्प्लेक्समा धर्ना दिएका छन् ।
६ जना बालकहरूको ज्यान गएको उक्त घटनाबारे सरकारले छानबिन समिति बनाउनुपर्ने उनीहरूको मुख्य माग छ ।
धर्नाका क्रममा प्रहरीले हस्तक्षेप गर्दा केहीबेर धकेलाधकेल समेत भएको थियो । केही अभिभावकलाई प्रहरीले लछार पछारसमेत गरेका थिए ।
पीडितहरू भित्र पस्न खोज्दा प्रहरीले गेटमा रोकेको छ ।
एन्फाले पीडित परिवारलाई ८ लाख रूपैयाँ राहत दिने घोषणा गरेको छ । तर, पीडितहरूले आर्थिक सहायताभन्दा पनि घटनाको यथार्थ बाहिर ल्याएर दोषीलाई कारबाही हुनुपर्ने बताइरहेका छन् ।
इन्द्रसरोवर गाउँपालिका-३ स्थित बत्सलादेवी माविमा एन्फाले चलाएको एकेडेमीका ६ जना बालकहरूको गत असोज १२ गते कुलेखानी खोलामा आएको बाढीपछिको पहिरोमा परेर मृत्यु भएको थियो ।










