
सर्वसाधारणसँग मिटर ब्याजमा रकम असुलेको भन्दै नेकपा बहुमतका कार्यकर्ताले व्यवसायी धनबहादुर बस्नेतको नाक काटिदिएका छन् ।
बिहीबार दाङ घोराहीको विपी चोकस्थित सञ्जिवनी कलेजका शिक्षकसँग ऋण असुल्न गएका बेला नेकपा बहुमतका कार्यकर्ताले चक्कुले बस्नेतको नाक काटिदिएका हुन् । घाइते बस्नेत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराएर घर फर्किसकेका प्रहरीले जनाएको छ ।
व्यवासयी बस्नेतको नाक काट्ने नेकपा बहुमतका कार्यकर्ता फरार छन् । उनीहरूको खोजी भइरहेको दाङ प्रहरी प्रमुख अर्जुन तिमिल्सेनाले जानकारी दिए ।
नेकपा बहुमतका कार्यकर्ताले यसअघि अर्का मिटरब्याजी दुर्गाप्रसाद पन्तलाई मोसो दलेका थिए ।