०२ असार २०८३, मंगलबार

अन्ततः मनमोहन मेडिकल कलेजको सम्बन्धन रोकियो

कात्तिक २५, २०७४
अन्ततः मनमोहन मेडिकल कलेजको सम्बन्धन रोकियो

काठमाडौं, २५ कात्तिक-  राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश प्रमाणीकरण गरेसँगै प्रस्तावित मनमोहन मेडिकल कलेज र काठमाडौं नेसनल मेडिकल कलेजले सम्बन्धन पाउने बाटो रोकिएको छ ।
मापदण्ड पूरा गरेर पनि उपत्यकामा सञ्चालनका लागि सम्बन्धन नपाएको मनमोहन र मापदण्ड नै पूरा नगरी सञ्चालनमा आउन लागेको नेसनलले सम्बन्धन पाउने सम्भावना टुटेको हो । यी मेडिकल कलेजले आगामी १० वर्षपछि चिकित्सा शिक्षा आयोग र स्वास्थ्य मन्त्रालयले तयार पार्ने मापदण्डअनुसार तीन वर्षसम्म अस्पताल सञ्चालन गरेपछि मात्रै सम्बन्धन पाउनेछन्, अन्नपूर्ण पोस्टमा खबर छ  ।

salt training

कमेन्ट गर्नुहोस्