२३ असार २०८३, मंगलबार

राजधानीका फरक-फरक स्थानमा भेटियो ३ शव

मंसिर ६, २०८१
काठमाडौं
राजधानीका फरक-फरक स्थानमा भेटियो ३ शव

काठमाडौं र ललितपुरका फरक/फरक स्थानमा तीनवटा शव फेला परेका छन् ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका– १६ माछापोखरी वसन्तनगरस्थित क्लासिकल होटलमा एउटा शव फेला परेको छ ।

नुवाकोटको ककनी गाउँपालिका– ६ घर भएका २८ वर्षीय भोला पाठक बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।

काठमाडौं महानगरपालिका–१६  माछापोखरीस्थित मितेरी पुलनजिकै खाली जग्गामा रहेको पुरानो ठेलामाथि पनि अर्का एक पुरुषको शव भेटिएको छ ।

सनाखत हुन नसकेका पुरुषको उमेर अन्दाजी ५५ वर्षजस्तो देखिन्छ ।

ललितपुर महानगरपालिका– २५ स्थित नख्खु खोलामा पनि नामथर र ठेगाना नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष मृत फेला परेको प्रहरीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्