०८ साउन २०८३, शुक्रबार

शुल्क विवरण सार्वजनिक गर्न मेडिकल कलेज र अस्पताललाई स्वास्थ्य मन्त्रालयको परिपत्र

मंसिर ६, २०८१
काठमाडौं
शुल्क विवरण सार्वजनिक गर्न मेडिकल कलेज र अस्पताललाई स्वास्थ्य मन्त्रालयको परिपत्र

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो सेवा शुल्क सार्वजनिक गर्न निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई परिपत्र गरेको छ ।

तोकिएको भन्दा बढी शुल्क लिएको गुनासो सुनिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले यसअघि नै सबैले थाहा पाउने गरी शुल्क विवरण राख्ने व्यवस्था मिलाउन भनेका थिए ।

कतिपय नागरिकले शुल्कबारे थाहा नै नहुने गरेको समेत गुनासो गरेपछि मन्त्री पौडेलले शुल्क थाहा पाउने गरी सार्वजनिक गर्न भनिएको थियो । तर, अस्पतालहरूले नटेरेपछि मन्त्रालयले परिपत्र नै गरेको छ । 

मन्त्री पौडेलले यसबारे चासो लिएपछि मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले शुल्क विवरण सार्वजनिक गर्न परिपत्र गरेको हो ।

मन्त्रालयले पठाएको पत्रमा आफ्ना स्वास्थ्य सेवामा लाग्ने शुल्कको विवरण वेबसाइटमा राख्न तथा सेवाग्राहीले सहज रूपमा जानकारी पाउने व्यवस्था गर्न भनेको छ ।

मन्त्रालयले पठाएको पत्रमा शल्यक्रिया शुल्क खुलाउन भनिएको छ । यसैगरी, सबै खालका शैय्याको शुल्क विवरण, रेडियोलोजी सेवा तथा ल्याबको शुल्क विवरणसमेत खुलाउन भनिएको छ ।

त्यस्तै, टिकटसहितका अरु सेवाको विवरणसमेत खुलाएर सेवाग्राहीलाई जानकारी गराउन मन्त्रालयले पत्राचार गरेको छ ।

‘मन्त्रालयले परिपत्रपछि विवरण सार्वजनिक भए/नभएको अनुगमन गर्ने तयारी गरेको छ । पहिलो चरणमा अनुगमन गरिनेछ,’ मनत्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने, ‘बढी लिएको वा शुल्क सार्वजनिक नगरेको पाइए नियमानुसार कारबाही हुनेछ ।’

salt training

कमेन्ट गर्नुहोस्