०९ असार २०८३, मंगलबार

नक्कली बैंक भौचर देखाएर जग्गा पास गर्ने व्यक्ति पक्राउ

मंसिर ६, २०८१
काठमाडौं
नक्कली बैंक भौचर देखाएर जग्गा पास गर्ने व्यक्ति पक्राउ

प्रहरीले ठगी सम्बन्धी मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा गोरखाको शहिद लखन गाउँपालिका-१ का घर भई हाल काठमाडौं महानगरपालिक-२ मा बस्दै आएका ४८ वर्षीय गोपाल थापा रहेका छन् ।

थापाले जग्गाधनीलाई बैंकमा ९५ लाख रूपैयाँ जम्मा गरिदिएको भन्ने नक्कली बैंक स्लिप (भौचर) समेत देखाएर ठगी गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो । थापाविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । 

थापाले रकम जम्मा गरेको नक्कली भौचर देखाएर काठमाडौं चन्द्रागिरि नगरपालिका-२ बाडभञ्ज्याङस्थित कित्ता नं. २४४ (क्षेत्रफल ०-५-२-२) र कित्ता नं. ४९९ (क्षेत्रफल ०-२-१-०) जग्गा राजीनामा पास गराएका थिए । तर, स्लिप नक्कली भएको पाइएपछि पीडितले प्रहरीमा उजुरी दिएका थिए । 

थापालाई बुधबार साँझ काठमाडौंको बबरमहलबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

थापालाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कानूनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्