१४ असार २०८३, आइतबार

कृषि क्षेत्रमा बाधक बनेका कानुन संशोधन गर्नुपर्नेमा कांग्रेसको जोड

मंसिर ६, २०८१
काठमाडौं
कृषि क्षेत्रमा बाधक बनेका कानुन संशोधन गर्नुपर्नेमा कांग्रेसको जोड

नेपाली कांग्रेसले कृषि क्षेत्रको विकासमा बाधक बनेका कानुन संशोधनका लागि मन्त्रालयलाई गृहकार्य गर्न आग्रह गरेको छ । 
 
पार्टीका महामन्त्री गगनकुमार थापा नेतृत्वको समूहले आज कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसँग भेटगरी कृषि क्षेत्रका समसामयिक विषयमा ध्यानाकर्षण गराउने क्रममा कृषिसँग सम्बन्धित विभिन्न कानुनमा संशोधन गर्न आफू विगतमा कृषि समितिको सभापति हुँदादेखि नै लागिपरेकाले त्यसलाई पूर्णता दिनुपर्नेमा जोड दिए । 
  
दुई ठूला दल मिलेर सरकार सञ्चालन गरिरहँदा यसको अनुभूति नागरिकले पाउने गरी काम गर्नुपर्नेमा महामन्त्री थापाले जोड दिएका थिए । 
  
सो अवसरमा मन्त्री अधिकारीले आफ्नो कार्यकालमा मलको दीर्घकालीन समाधान होस्  भन्ने  चाहना रहेको र यसका लागि थुप्रै प्रयत्न गरेको जानकारी दिँदै सार्वजनिक खरिद ऐनमा संशोधनको आवश्यकतामा जोड दिए । 

salt training

कमेन्ट गर्नुहोस्