
सरकारले राष्ट्रिय योजना आयोगका विशेष अधिकृत (मुख्यसचिव सरह)का डा वैकुण्ठ अर्यालको राजीनामा स्वीकृत गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनले स्वेच्छिक रुपमा राजीनामा दिएकाले स्वीकृत गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
भ्रष्टाचार मुद्दा लागेपछि अर्यालले मुख्यसचिव पद गुमाएका थिए भने अहिले अदालतबाट मुद्दामा सफाइ पाएसँगै उनले सरकारले सिर्जना गरेको विशेष अधिकृतको पदबाट राजीनामा दिएका हुन् ।