नेपाल कम्युनिस्ट पार्टी (एमाले) को शक्ति प्रदर्शनका लागि नेता/कार्यकर्ता भेला हुन थालेका छन् ।
दरबारमार्गमा केहीबेरमा शुरू हुने जागरण सभाका लागि भद्रकालीबाट र्याली शुरू गर्ने तयारी भइरहेको छ ।
काठमाडौं, भक्तपुर, ललितपुरलगायत आसपासका जिल्लाबाट १ लाख नेता/कार्यकर्ता उतार्ने एमालेको दाबी छ ।
उपत्यकाका तीनै जिल्ला कमिटीको संयुक्त आयोजनामा हुने सभालाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।
राष्ट्रिय सद्भाव र राष्ट्रिय एकता कायम गर्ने उद्देश्यले जागरण सभा आयोजना गर्न लागिएको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
प्रमुख सत्तारुढ दलले गर्न लागेको यो सभालाई शक्ति प्रदर्शनका रूपमा हेरिएको छ ।