०६ साउन २०८३, बुधबार

करिब २ किलो सुनसहित १ जना पक्राउ

मंसिर ७, २०८१
काठमाडौं
करिब २ किलो सुनसहित १ जना पक्राउ
फाइल तस्वीर

रसुवाबाट करिब २ किलो सुनसहित १ जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा गोसाइँकुण्ड गाउँपालिका- ३ ब्रिद्धिमका ३४ वर्षीय कर्मासोनाम लामा छन् ।

उनलाई कालिका गाउँपालिका- १ ग्राङबाट सुनजस्तो देखिने धातु करिब २ किलोग्रामसहित बिहीबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अस्थायी प्रहरी पोष्ट ग्राङबाट खटिएको प्रहरीले कालिकातर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०४३ प २४३४ नम्बरको मोटरसाइकलमा सवार उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्