२४ असार २०८३, बुधबार

पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु

मंसिर ७, २०८१
काठमाडौं
पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु

उत्तरपश्चिम पाकिस्तानमा भएको साम्प्रदायिक हमलामा ४३ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।  

अधिकारीहरूका अनुसार प्रभावित जिल्लामा कर्फ्यू लगाएको छ । जहाँ मोबाइल सेवासमेत बन्द गरेको छ ।

अफगानिस्तान सीमा नजिकैको खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा प्रहरी एस्कसँग यात्रा गरिरहेका शिया मुसलमानको दुईवटा छुट्टै समुहमा बन्दुकधारीले बिहीबार गोली हानेका थिए ।  लामो समयदेखि यस क्षेत्रमा सुन्नी र शिया मुस्लिम जनजातिहरू बिच  झडप भैरहेको छ । 

एक वरिष्ठ प्रशासनिक अधिकारी जावेद उल्ला महसुदले कुर्रममा भएको हमलाको पुष्टि  गरेका छन्। उनका अनुसार पीडितहरूमध्ये सात जना महिला र तीन जना बालबालिकासमेत रहेका छन् भने आक्रमणमा १६ जना घाइते भएका छन् ।

एक वरिष्ठ प्रशासनिक अधिकारीले नाम नछाप्ने सर्तमा शुक्रबार जिल्लाभर मोबाइल सेवा बन्द गरिएको जनाउदै मुख्य शहर पाराचिनारमा स्थानीयले धरना तथा प्रदर्शन गर्दा स्थिति तनावपूर्ण भएको बताए ।

माथिल्लो र तल्लो कुर्रम जोड्ने मुख्य सडकमा कर्फ्यू लगाइएको तथा बजार र यातायात बन्द गरिएको अधिकारीले बताए ।  

हिंसाको पाकिस्तानी अधिकारी र मानव अधिकार समूहहरूले निन्दा गरेका छन् । 
पाकिस्तानको स्वतन्त्र मानव अधिकार आयोग (एचआरसीपी)ले विज्ञप्ति मार्फत  घटनाले सरकारले नागरिकको सुरक्षा गर्न असफल भएको पुष्टि गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्