२४ जेठ २०८३, आइतबार

चार महिनामा नेपाल भित्रिए ३४ सय ईभी

मंसिर ७, २०८१
काठमाडौं
चार महिनामा नेपाल भित्रिए ३४ सय ईभी

चालू आर्थिक वर्षको पहिलो ४ महिनामा ३ हजार ४८७ विद्युतीय सवारी नेपाल भित्रिएका छन् ।

चालू आर्थिक वर्षको कात्तिक महिनासम्ममा ८ अर्ब ३७ करोड ९ लाख ५२ हजार रुपैयाँ बराबरका विद्युतीय कार, भ्यान र जीप आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको हो । 

भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार ४ महिनामा सरकारले विद्युतीय कार, भ्यान र जीप आयातमार्फत ५ अर्ब १९ करोड २० लाख ७७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । 

असोज महिनासम्म ६ अर्ब ११ करोड ६० लाख ६२ हजार रुपैयाँ बराबरका २ हजार ५१८ वटा विद्युतीय गाडीहरू आयात भएका थिए । 

नेपालमा ५० किलोवाट मोटर पावर भएका देखि ३०० किलोवाट मोटर पावर भएका विद्युतीय गाडीहरू भित्रिने गरेका छन् । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सबैभन्दा बढी ५१ किलोवाटदेखि १०० किलोवाट मोटर पावर भएका विद्युतीय गाडी नेपाल भित्रिएका छन् ।

कात्तिक महिनासम्म ५० किलोवाटसम्मका १ हजार ५० वटा विद्युतीय कार, भ्यान र जिप आयात भएका छन् । त्यस्तै, ५१ किलोवाटदेखि १०० किलोवाटसम्मका २ हजार ११५ वटा, १०१ किलोवाटदेखि २०० किलोवाटसम्मका ३१६ वटा, २०१ किलोवाटदेखि ३०० किलोवाटसम्मका ४ वटा र ३०० किलोवाटदेखि माथिका २ वटा विद्युतीय कार, भ्यान र जिप आयात भएका छन् । 

यसका साथै ४ महिनामा १ अर्ब ८७ करोड २३ लाख ८४ हजार रुपैयाँ बराबरका ६११ वटा विद्युतीय मिनी र माइक्रो बसहरू पनि आयात भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्