११ साउन २०८३, सोमबार
एमाले जागरण सभा

कम्बोडिया मात्र किन, अमेरिकी बैंकको आधा पैसा मेरै हो भन्दिए नि भैगो– प्रधानमन्त्री ओली

मंसिर ७, २०८१
काठमाडौं
कम्बोडिया मात्र किन, अमेरिकी बैंकको आधा पैसा मेरै हो भन्दिए नि भैगो– प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि औंला ठड्याउनेहरूलाई बहसका लागि चुनौती दिएका छन् ।

काठमाडौंको दरबारमार्गमा शुक्रबार आयोजित जागरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूलाई आरोप लगाउनेहरूलाई बहसमा आउन चुनौती दिएका हुन् ।

'म कमिसनखोरी गर्न, भ्रष्टाचार गर्न, आफ्ना मान्छे पोस्न, आफ्ना मान्छे भर्ती गरेर अकुत सम्पत्ति थुपार्न प्रधानमन्त्री भएको होइन,' ओलीले भने, 'विभिन्न पार्टीका नेताहरूलाई भन्न चाहन्छु, तपाईंहरू औंला ठड्याएर बोलिरहनुभएको छ । म भन्न चाहन्छु, तपाईंहरू के साँच्चै बहस गर्न सक्नुहुन्छ नेकपा एमालेसँग ? म चुनौती दिन चाहन्छु ।'

उनले कम्बोडियाको टेलिकम कम्पनीमा आफ्नो लगानी रहेको भनेर गरिएको प्रचारको पनि प्रतिवाद गरे ।

'कम्बोडियामा ३२ हजार करोड छ, स्वीस बैंकमा यति हजार करोड छ, भन्दिए त भो, तपाईंहरू हेर्न जान सक्नुहुँदैन,' ओलीले भने, 'अमेरिकाका बैंकमा रहेको आधा पैसा मेरै हो ल, भन्देऊ न भन्दिनका लागि ।'

उनले थपे, 'कम्बोडिया ४ घण्टामै पुगिन्छ । यहाँबाट थाइल्यान्ड अनि त्यहाँबाट ५०/५५ मिनेटमा कम्बोडिया पुगिन्छ । त्यो देशको टेलिकममा कसले लगानी गरेको छ भन्ने सिधै थाहा हुँदैन ? जसले यस्ता कुराहरू फैलाएर हिँड्छ, त्यस्ता कुरालाई नियन्त्रण गर्नुपर्ने अवस्था आउँछ । त्यस दिशातर्फ सरकार जान्छ । केही मान्छे नाङ्लो ठटाएर हात्ती तर्साउन खोजिरहेका छन् ।'

उनले आफू दन्तबजान गर्ने पक्षमा नरहेको बताए ।

'मलाई दन्तबजान गर्नु छैन । देशलाई सुशासन दिनु छ । गरिबीबाट मुक्त गर्नुछ । हाम्रो ध्यान त्यहाँ छ,' प्रधानमन्त्री ओलीले भने ।

salt training

कमेन्ट गर्नुहोस्