२८ जेठ २०८३, बिहीबार

राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता

मंसिर ७, २०८१
काठमाडौं
राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । 

राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटवार्ताका क्रममा सभामुख घिमिरेले राष्ट्रपति पौडेललाई आफ्नो कम्बोडिया भ्रमणका बारेमा जानकारी गराएका राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ । 

सभामुख घिमिरे कम्बोडियाको राजधानी नोमपेन्हमा यही मङ्सिर ८ गतेदेखि ११ गतेसम्म हुने इन्टरनेशनल पार्लियामेन्ट फर टोलरेन्स एन्ड पिस (आईपीटीपी) को ११औं प्लेनरी सेसनमा भाग लिनका लागि त्यसतर्फ जान लागेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्