
अल्पविकसित देशहरूको समूह (४५ देशहरूको समूह)ले नेपाली प्रतिनिधि नरेश शर्मालाई सन् २०२५–२०२६ अवधिका लागि पुनः अनुकूलन कोष बोर्डको सदस्यमा निर्वाचित गरेको छ ।
संयुक्त राष्ट्र जलवायु परिवर्तन संरचनाको प्रारूप महासन्धि (यूएनएफसीसीसी) अन्तर्गतका पक्ष मुलुकबीच हाल बाकु, अजरबैजानमा जारी रहेको २९औं सम्मेलन (कोप–२९)मा शर्मालाई पुनः सदस्यको रूपमा निर्वाचित गरेको हो ।
यो कोषले बहुपक्षीय कार्यान्वयन संस्था क्षेत्रीय कार्यान्वयन संस्था र राष्ट्रिय कार्यान्वयन संस्थामार्फत विभिन्न देशमा अनुकूलन कार्य लागू गर्न आर्थिक सहयोग प्रदान गर्दै आएको छ ।
हाल शर्मा अनुकूलन कोष बोर्डअन्तर्गत मान्यता प्यानलका अध्यक्षको भूमिकामा रहेका थिए ।