२५ जेठ २०८३, सोमबार

भारतीय सेनाध्यक्ष द्विवेदीले गरे मुक्तिनाथको दर्शन

मंसिर ८, २०८१
काठमाडौं
भारतीय सेनाध्यक्ष द्विवेदीले गरे मुक्तिनाथको दर्शन

नेपालको औपचारिक भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले शनिबार प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शन गरेका छन् । साथमा उनकी पत्नी पनि सहभागी थिइन्।

मुस्ताङ जिल्लामा अवस्थित मुक्तिनाथ मन्दिरको भ्रमण गर्नुका साथै उनले मन्दिरमा पूजा अर्चना समेत गरेका छन् । मुक्तिनाथमा पछिल्लो समय भारतीय पर्यटकको संख्या वृद्धि भइरहेको छ । केही समय पहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समेत मुक्तिनाथ पुगेका थिए । 

भारतीय स्थल सेनाध्यक्ष द्विवेदीले शनिबार पोखरास्थित नेपाली सेनाको पश्चिम पृतना हेडक्वार्टरको भ्रमण गरेको नेपाली सेनाले  जनाएको छ । उनलाई पृतनापति उपरथी सन्तोष बल्लभ पौडेलले पश्चिम पृतनामा स्वागत गरे ।   

द्विवेदी नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको पदवी ग्रहण गर्न नेपाल आएका हुन् ।  बुधबार नेपाल आएका उनी आइतबार भारत फर्किने कार्यक्रम छ । 

null

null

null

salt training

कमेन्ट गर्नुहोस्