२५ जेठ २०८३, सोमबार

कञ्चनपुरमा बस दुर्घटना, ३१ जना घाइते

मंसिर ८, २०८१
कञ्चनपुर
कञ्चनपुरमा बस दुर्घटना, ३१ जना घाइते

पूर्व-पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् ।

धनगढीबाट महेन्द्रनगरका लागि छुटेको ना ४ ख ७७५५ नम्बरको बस शनिबार साँझ दुर्घटना हुँदा बसमा सवार ३१ जना घाइते भएका हुन् ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक उमेश जोशीले जानकारी दिए । 

घाइतेहरूको अत्तरिया र महेन्द्रनगरस्थित महाकाली अस्पतालमा उपचार भइरहेको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक जोशीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्