१३ असार २०८३, शनिबार

यशस्वी जयसवालले पूरा गरे चौथो शतक

मंसिर ९, २०८१
काठमाडौं
यशस्वी जयसवालले पूरा गरे चौथो शतक

अस्ट्रेलियाको पर्थमा भइरहेको पाँच खेलको टेस्ट श्रृंखलामा भारतका यशस्वी जयसवालले रेकर्ड कायम गरेका छन् । उनले आफ्नो करिअरको चौथो शतक पूरा गरे । 

अस्ट्रेलियाविरुद्ध टस जितेर पहिले ब्याटिङ गरिरहेको भारतका तर्फबाट २२ वर्षीय खेलाडी जयसवालले मात्र आधा घण्टामा  शतक पूरा गरे। उनी अस्ट्रेलियामा आफ्नो पहिलो टेस्ट खेल्दै शतक बनाउने तेस्रो भारतीय खेलाडी बने। 

यशस्वीले जोश हेजलवुडको बलमा छक्का प्रहार गर्दै शतक पूरा गरे। यशस्वीभन्दा पहिले, सुनील गावस्कर र एम जयसिम्हाले अस्ट्रेलियामा आफ्नो पहिलो टेस्टमा शतक बनाएका थिए। यशस्वीले पहिलो पारीमा खाता खोलेका थिएनन्।

खेल अहिले  जारी छ । यो शृंखला दुबै टोलीका लागि महत्त्वपूर्ण मानिएको छ । किनभने यसबाट विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पुग्ने टोली चयन हुनेछ । भारतलाई फाइनलमा स्थान सुनिश्चित गर्न कम्तीमा चार टेस्ट खेल जित निकाल्नुपर्ने छ । र, एक खेल पनि हार्न छुट छैन ।

salt training

कमेन्ट गर्नुहोस्