१० साउन २०८३, आइतबार

देशका यी स्थानमा हल्का वर्षाको सम्भावना

मंसिर १०, २०८१
काठमाडौं
देशका यी स्थानमा हल्का वर्षाको सम्भावना

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।  जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार  सोमबार बिहान कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको भने  बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । यस्तै तराईका थोरै स्थानहरुमा भने हल्का हुस्सु लागेको छ । 

महाशाखाका अनुसार दिउँसो कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ ।  यस्तै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि  मौसम मुख्यतया सफा रहने छ भने कोशी प्रदेश, बागमती प्रदेश र  गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्