
नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । सरकारले सुन आयातमा भन्सारमा लिँदै आएको २० प्रतिशत शुल्कलाई आधा घटाएर १० प्रतिशतमा झार्ने निर्णय गरेसँगै सुनको मूल्य ह्वातै घटेको हो ।
आज सुनको मूल्य एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ५१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार सुन तोलामा एक लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको थियो ।
चाँदी पनि तोलामा ११५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।