३० असार २०८३, मंगलबार

माडागास्करको तटमा दुईवटा डुङ्गा डुब्दा कम्तीमा २४ जनाको मृत्यु

मंसिर १०, २०८१
काठमाडौं
माडागास्करको तटमा दुईवटा डुङ्गा डुब्दा कम्तीमा २४ जनाको मृत्यु

माडागास्करको तटमा दुईवटा डुङ्गा पल्टिँदा २४ जनाको मृत्यु भएको स्थानीय प्रशासनले जानकारी दिएको छ । प्रशासनले ज्यान गुमाउने अधिकांश सोमालियाका नागरिक रहेको बताएको छ।

सोमालियाको विदेश मन्त्रालयले बाँकी रहेका मानिसको सुरक्षित फिर्ताको सुनिश्चितता गर्ने प्रयास भइरहेको जनाएको छ । दुवै डुंगामा जम्मा ७० जना सवार थिए ।

एक वरिष्ठ सरकारी अधिकारीले स्थानीय मिडियालाई भने कि मानिसहरूलाई माछा मार्नेहरूले उद्धार गरेका थिए ।

बेरोजगारी र गरिबीका कारण अफ्रिकाका युवाहरू राम्रो जीवनको खोजीमा युरोप पलायन भइरहेका छन् । माडागास्करका अधिकारीहरूले मारिने अधिकांश आप्रवासी रहेको बताएका छन्।

salt training

कमेन्ट गर्नुहोस्