०४ साउन २०८३, सोमबार

सिटी एक्सप्रेस सम्मानित

मंसिर १०, २०८१
काठमाडौं
सिटी एक्सप्रेस सम्मानित

सरकारलाई बढी कर बुझाउने सिटी एक्सप्रेस मनी टान्सफरलाई मध्यमस्तरीय करदाता कार्यालयले सम्मान गरेको छ ।

गत हप्ता मध्यमस्तरीय करदाता कार्यालयमा आयोजित करदातासँगको अन्तरक्रिया कार्यक्रममा प्रमुख कर प्रशासक पार्वती शर्माले सिटी एक्सप्रेसका अध्यक्ष चन्द्र टण्डनलाई सम्मानित गरेकी हुन् । 

कार्यालयको तर्फबाट बधाई तथा शुभकामना दिँदै शर्माले सिटी एक्सप्रेसजस्तै समयमा कर तिर्ने करदाताको पहिचान बनाउन अन्य सम्पूर्ण करदातालाई आग्रह गरिन् ।

कार्यक्रममा कर दातालाई कर इमान्दार भएर तिरिदिन कार्यालयको तर्फबाट अनुरोध गरिएको छ ।

सिटी एक्सप्रेसका अध्यक्ष टण्डनले कर तिर्नु करदाताको दायित्व मात्र नभएर कर्तव्य भएको बताए । सबै जनाले पारदर्शीरूपमा कर तिरेर समृद्ध नेपाल बनाउन सहयोग गर्नको लागि उनले आग्रह गरेका छन् ।

साथै मध्यमस्तरीय करदाता कार्यालयले व्यवसायीमैत्री सम्बन्धका साथ काम गरेकोमा उनले धन्यवाद दिए ।

null

आर्थिक वर्ष २०७९/८० को आय-विवरण अनुसार रेमिट्यान्स तथा मनी ट्रान्सफरको कारोबार गर्ने मध्ये सिटी एक्सप्रेस धेरै कर तिर्ने कम्पनी बनेको छ ।

कम्पनीलाई मंसिर १ गते शनिबार राष्ट्रिय कर दिवस–२०८१ को अवसरमा आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिर्ने कम्पनीका रुपमा सम्मान गरेको थियो ।

कम्पनीलाई रेमिट्यान्स तथा मनी ट्रान्सफरको कारोबार गर्ने मध्येबाट सबैभन्दा धेरै आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्‍याएको भन्दै सम्मान गरिएको हो ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै १८ वर्षदेखि संसारभरबाट नेपालमा पैसा भित्र्याउन रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको छ ।

हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ । सिटी पेबाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिने कम्पनीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्