१९ असार २०८३, शुक्रबार

लेबनानमा भएको इजरायली हमलामा दर्जनौँको मृत्यु

मंसिर १०, २०८१
काठमाडौं
लेबनानमा भएको इजरायली हमलामा दर्जनौँको मृत्यु

लेबनानमा भएको इजरायली हमलामा दर्जनौं मानिसको मृत्यु भएको छ ।  जसमध्ये बेरुतको बास्टा क्षेत्रको बहुमंजिला आवासीय भवनमा भएको हमलामा २९ जनाको मृत्यु भएको हो । 

इजरायली सेनाका अनुसार  सेनाले १२ वटा हिजबुल्लाह कमान्ड सेन्टरमा आक्रमण गरेको थियो । हिजबुल्लाहको इन्टेलिजेन्स युनिट, कोस्ट–टु–सी मिसाइल युनिट र युनिट–४४००–सिरिया हुँदै इरानबाट लेबनानमा हतियार तस्करीका लागि सक्रिय  छन् । 

सेनाले यी कमान्ड सेन्टरहरू इजरायल विरुद्ध आतङ्कवादी आक्रमणको योजना बनाउन, कार्यान्वयन गर्न र दक्षिणी लेबनानमा सक्रिय  सैनिकहरू विरुद्धको आतङ्कवादी गतिविधिको निगरानी गर्न प्रयोग गरिएको जनाएको छ ।  

यसैबीच, लेबनानको स्वास्थ्य मन्त्रालयले मृत्यु हुनेको सङ्ख्या वृद्धि भई २० जना पुष्टि भएको तथा मृतकको सङ्ख्या बढ्न सक्ने  रिपोर्ट गरेको छ । 

युद्धविराम  प्रयासका बावजुद इजरायललले  हिजबुल्लाह विरुद्ध आफ्नो सैन्य अभियान जारी राख्दा बेरुतमा हवाई आक्रमण भएको हो । सेनाले हमला बेरुतको दक्षिणी उपनगरहरूमा हिजबुल्लाहका स्थानहरूलाई लक्षित गरी गरेको पुष्टि गरेको छ ।

यस अघिनै इजरायली सेनाले नागरिक क्षति कम गर्न, भवनहरू खाली गर्ने आदेश जारी गरेको थियो  ।  

आक्रमणले लेवनान वपरका क्षेत्रमा कम्तिमा ११ जनाको मृत्यु हुनुका साथै ३२ जना घाइते भएका छन् भने टायर सहर लक्षित आक्रमणमा पाँच जनाको मृत्यु तथा १९ जना घाइते भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्