३० असार २०८३, मंगलबार

दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालले दियो अफगानिस्तानलाई २२९ रनको लक्ष्य

मंसिर १०, २०८१
काठमाडौं
दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालले दियो अफगानिस्तानलाई २२९ रनको लक्ष्य

दृष्टिविहीन विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबारको खेलमा नेपालले अफगानिस्तानसामु जीतका लागि २२९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

पाकिस्तानको लाहोरमा जारी दृष्टिविहीन विश्वकप क्रिकेटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले सोमबार टस हारेपछि पहिले ब्याटिङ गर्न पुगेको हो । नेपालका लागि उपकप्तान पदमबहादुर बडैला र नरेश चौधरीले अर्धशतकीय पारी खेले । 

बडैलाले ५१ बलमा अविजित रहेर ९२ रन तथा चौधरीले ६२ बलमा अविजित ७२ रन बनाए । यस्तै, भरत थापाले २१ तथा सागर लामाले चार रन बनाए । अफगानिस्तानका बलरहरूले नेपाललाई ३९ अतिरिक्त रन दिएका थिए ।  

यसअघि नेपाल पहिलो खेलमा श्रीलंकासँग तथा दोस्रो खेलमा बंगलादेशसँग पराजित भएको थियो । नेपालले मंगलबार दक्षिण अफ्रिकासँग चौथो खेल खेल्ने छ । 

दृष्टिविहीन विश्वकप क्रिकेट प्रतियोगितामा नेपालसहित, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र दक्षिण अफ्रिका सहभागी छन् ।   

salt training

कमेन्ट गर्नुहोस्